१६ चैत्र २०८०, शुक्रबार
2024-03-29

नेपाल भारत दशगजामा भारतीय एसएसबीले चलायो गोलि

आर्य न्युज

विराटनगर १९ बैशाख । नेपालर-भारतको दशगजा सीमाक्षेत्र विराटनगर – १८ इस्लामपुरमा भारतीय सुरक्षाकर्मीले हवाइ फायर गरेका छन् । स्थानीयका आनुसार सीमा सुरक्षामा खटिएका भारतीय एसएसबीले तीन राउण्ड हवाइ फायर गरेका हुन् । आज करिब १:३० बजे डियुटिमा खटिएका भारतीय एक एसएसबीले दुई राउण्ड जमिन र एक राउन्ड आकाशतिर हवाइ फायर गरेको विराटनगर १८ का इस्लामपुरका स्थानीय पवन साहले बताए ।

स्थानीयका अनुसार ड्युटिमा खटिएका एसएसबीले मदिरा सेवन गरेका थिए । होहल्ला गरेपछि स्थानियले उनलाई घेराउ गरेका थिए । स्थानीयको भीड बढेपछि आफ्नो सुरक्षाको लागि भन्दै हवाइ फायर गरेको हुनसक्छ, सीमा क्षेत्रमा खटिएका एक सुरक्षाकर्मीले भने । हवाइ फायरबाट कुनै मानवीय क्षति भने भएको छैन ।

दशगजा क्षेत्रमा गोली चलेको मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले पुष्टी गरेका छन् ।कोइरालाका अनुसार गोली चलेको नेपालतिर होइन भारतीय क्षेत्रमा हो, तर किन ? के विषयमा चलेको खुलेको छैन बताए  । हामीले पनि बुझने काम गरिरहेका छौं । अहिले गोली चलेको ठाउँमा स्थानियको भीड लागेको छ ।

प्रकाशित मिति: २०२२-०५-०२ , समय : १६:०५:३६ , २ वर्ष अगाडि

error: Content is protected !!