०८ बैशाख २०८१, शनिबार
2024-04-20

प्रदेश १ का स्वास्थ्यमन्त्री तथा जसपाका नेता जयराम यादवलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा अर्याल विजयी

Aarya News Desk

विराटनगर । मोरङ क्षेत्र-५(ख) मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल विजयी भएका छन्। प्रदेश १ का स्वास्थ्यमन्त्री तथा जसपाका नेता जयराम यादवलाई फराकिलो मत अन्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा विजयी भएका हुन्।

आर्यालले १६ हजार १०२ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्द्वी यादवले १० हजार ८ सय २४ मत ल्याए । तेस्रो भएका राप्रपका राजेश बानियाले ३ हजार २४७ मत ल्याए ।

मोरङ ५(२) मा ३४ हजार ८ सय ४ मत खसेको थियो । जसमा १ हजार ९ सय ९२ मत बदर भएको छ । यसअघि मोरङ क्षेत्र-५(क) मा काँग्रेसकै गयानन्द मण्डल निर्वाचित भइसकेका छन् ।

प्रकाशित मिति: २०२२-११-२४ , समय : १३:४०:११ , १ वर्ष अगाडि

error: Content is protected !!