१३ बैशाख २०८१, बिहिबार
2024-04-25

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

Aarya News Desk

विराटनगर। सुनसरीको धरान उप-महानगरपालिका-१५ श्यामचोक स्थितबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा धरान उप-महानगरपालिका-१५ का ३४ बर्षिय किशोर परियार र धरान ३ का २७ बर्षिय वीरवल प्रसाद साह रहेका छन् ।

बुधबार बिहान ७ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले चेकजाँचको क्रममा को २५ प ४६४० नम्बरको स्कुटरमा लुकाई छिपाई ल्याउदै गरेको dialax dc 35 tablet, spasmo prokxyvon 208 capsul र nirtosun 15 tablet प्रतिबन्धित लागुऔषध सहित दुबै जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका परियार र साहको ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: २०२२-११-२४ , समय : १४:००:०० , १ वर्ष अगाडि

error: Content is protected !!