नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला पुन: विजयी

Aarya News Desk

विराटनगर । नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला लगातार चौँथो पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी हुनुभएको छ । निकै प्रतिस्प्रर्धाबीच कोइराला दुई हजार ८२ मत अन्तरले विजयी हुनुभएको हो ।

गठबन्धनका उम्मेदवार कोइरालाको २७ हजार एक सय २६ मत आउँदा नेकपा (एमाले)का कृष्णप्रसाद पौडेलको २५ हजार ४४ मत प्राप्त भएको थियो ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमको पक्षमा २३ हजार तीन सय एक मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०२२-११-२४ , समय : १४:०८:३७ , २ महिना अगाडि