०८ बैशाख २०८१, शनिबार
2024-04-20

पूर्व मेयर भीम पराजुली प्रदेश १ को प्रदेशसभा सदस्य निर्वाचित

Aarya News Desk

विराटनगर। विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुली प्रदेश १ को प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । मोरङको क्षेत्र नं. ४ (ख) बाट उनले प्रदेशसभाको चुनाव जितेका हुन् ।

आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका जीवन घिमिरेलाई १ हजार ७८८ मतान्तरले पराजित गर्दै पराजुलीले पहिलोपटक प्रदेश सभाको यात्रा तय गरेका हुन् । प्रदेश १ का पूर्व सामाजिक विकास मन्त्री समेत रहेका घिमिरेले ९ हजार ६९१ मत ल्याउँदा पराजुलीले ११ हजार ४७९ मत प्राप्त गरेका छन् ।

विद्यालय स्तरदेखि नै राजनीतिक यात्रा तय गरेका पराजुली स्कुल समितिमा नेविसंघको अध्यक्ष, महेन्द्र मोरङ क्याम्पसको इकाई समिति सचिवदेखि सोही क्याम्पसको सभापति समेत भइसकेका व्यक्ति हुन् । उनी दुईपटकसम्म नेपाली काँग्रेसको नगर सभापति हुँदै विराटनगरको मेयर पनि भइसकेका छन् ।

हाल उनी नेपाली काँग्रेसको केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् ।

प्रकाशित मिति: २०२२-११-२५ , समय : ०८:५४:१२ , १ वर्ष अगाडि

error: Content is protected !!