०७ बैशाख २०८१, शुक्रबार
2024-04-19

मोरङको क्षेत्र नम्बर ६ (ख) बाट कार्की पुनः प्रदेशसभा सदस्यमा निर्वाचित

Aarya News Desk

विराटनगर । मोरङको क्षेत्र नम्बर ६ (ख) बाट नेपाली काँग्रेसका केदार कार्की पुनःप्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । एमालेका उमेदवार पर्शुराम बस्नेतलाई एक हजार १७७ मतान्तरले पराजित गर्दै कार्की विजयी भएका हुन् ।

उनले १० हजार ४४६ र बस्नेत ९ हजार २६६ मत प्राप्त गरेका छन् । अघिल्लो निर्वाचनमा समेत कार्की यस क्षेत्रबाट निर्वाचित भएका थिए ।

उनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हुन् । निर्वाचित कार्कीलाई प्रतिस्पर्धी बस्नेतले बधाई ज्ञापन गरेका छन् ।मतगणना सम्पन्न भएपनि निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा गरेको छैन ।

प्रकाशित मिति: २०२२-११-२५ , समय : १३:०४:३५ , १ वर्ष अगाडि

error: Content is protected !!