१४ बैशाख २०८१, शुक्रबार
2024-04-26

प्रतिद्वन्द्वी कांग्रेस प्रदेश महामन्त्री थापाको ज्वाइँ बस्नेत विजयी

राजीव कुशवाहा

विराटनगर। सुनसरी क्षेत्र नम्बर १ को (क) बाट प्रदेशसभा सदस्यमा एमालेका रमेश बस्नेत विजयी भएका छन् । उनले कांग्रेस प्रदेश महामन्त्री उमेश थापालाई पराजित गर्दै विजयी भएका हुन्।

थापा बस्नेतका नाताले ज्वाइँ पर्छन्। निर्वाचित सांसद बस्नेतले ११ हजार १०२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी थापाले ९ हजार ७५२ मत प्राप्त गरे ।

प्रदेशसभामा निर्वाचित भएका बस्नेतले आफ्नो क्षेत्रको विकासका लागि आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन्।

प्रकाशित मिति: २०२२-११-२५ , समय : १३:३८:१२ , १ वर्ष अगाडि

error: Content is protected !!