
विराटनगर १९ गते वैशाख। नेपाली कांग्रेसले सात वटै प्रदेशमा चुनावी सभा गर्ने भएको छ । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले चुनावी सभा गर्न लागेको हो ।
बैशाख ३० हुने निर्वाचनका लागि सत्तारुढ दल कांग्रेसले सात वटै प्रदेशका प्रमुख शहरमा कार्यक्रम गर्ने कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले बताए ।
कांग्रेस मुख्य सचिव कृष्ण पौडेलका अनुसार चुनावी सभाको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिले गर्नेछन् ।
आमसभा हुने स्थान र मिति
मोरङ : २०७९ वैशाख २१ गते
धनुषा : २०७९ वैशाख २२ गते
काठमाडौं : २०७९ वैशाख २३ गते
कास्की : २०७९ वैशाख २४ गते
रुपन्देही : २०७९ वैशाख २५ गते
सुर्खेत : २०७९ वैशाख २६ गते
कैलाली : २०७९ वैशाख २७ गते
प्रकाशित मिति: २०२२-०५-०२ , समय : २२:२६:२८ , १ वर्ष अगाडि