०८ बैशाख २०८१, शनिबार
2024-04-20

मोरङमा धारिलो हतियारले घाँटी र टाउको काटिएका पुरुषको उपचारका क्रममा मृत्यु

Aarya News Desk

विराटनगर। मोरङमा धारिलो हतियारले घाँटी र टाउको काटिएका पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । मोरङको जहदा गाउँपालिका–१ भुटाहाका ४२ वर्षीय सन्तोष सरबरियाको मृत्यु भएको हो । सरबरिया शनिबार राति घाँटी र टाउको काटिएको अवस्थामा फेला परे थियो।

सरबरिया शनिबार राति ११:२० बजेतिर आफ्नै घरमा घाइते अवस्थामा भेटिएका थिए । गम्भीर अवस्थाका उनलाई प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याएको थियो । उनी घाँटी र टाउकोमा धारिलो हतियार प्रहार गरिएको तथा बोल्न नसक्ने अवस्थामा घरभित्रै भेटिएका थिए ।

उपचारकै क्रममा राति १२:२५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको कारण खुल्न बाँकी रहेको र अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ । सरबरिया आफैँले वा अरुले उनीमाथि हतियार प्रहार गरेको भन्ने बारेमा पनि यकिन भइसकेको छैन ।

प्रकाशित मिति: २०२२-११-२७ , समय : १२:५८:३२ , १ वर्ष अगाडि

error: Content is protected !!