
विराटनगर २० गते वैशाख। स्थानीय तहको निर्वाचनअन्तर्गत नेपाली कांग्रेसले झापामा विजयी सुरुआत गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लामा कांग्रेसले मतदान नहुँदै खाता खोलेको हो ।
झापाको कचनकवल गाउँपालिकामा कांग्रेस उम्मेदवार निर्विरोध निर्वाचित भएकी छन् । कचनकवल गाउँपालिका–४ को वडा सदस्यमा विजली दास निर्विरोध निर्वाचित भएकी हुन् । उनी दलित महिला सदस्यकी उम्मेदवार थिइन् ।
प्रकाशित मिति: २०२२-०५-०३ , समय : ०६:५६:२० , १ वर्ष अगाडि