१३ बैशाख २०८१, बिहिबार
2024-04-25

निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भए:प्रमुख निर्वाचन आयुक्त थपलिया

Aarya News Desk

विराटनगर। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको बताएका छन्।

निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिृकत, सुरक्षा निकायमा जिल्ला प्रमुखलगायतलाई धन्यवाद दिन जिल्ला निर्वाचन कार्यालय, काठमाडौँले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले आयोगले निर्वाचनको निष्ठा कायम राख्न गरेका अधिकांश अपेक्षा पूरा भएको बताएका हुन्।

उनले विभिन्न कारणले निर्वाचनलाई दूषित पार्ने मनसाय बोकेका व्यक्तिले मिथ्या सूचना, दुष्प्रचार र द्ववेशपूर्ण अभिव्यक्तिको माध्यमबाट निर्वाचनलाई अप्ठ्यारो पार्ने कार्यलाई नजिकबाट नियमन गर्न यस पटक सफल भइरहेको पनि बताए।

उनले अब भौतिक रूपमा वा सडकबाट मात्रै नभइ सामाजिक सञ्जालमार्फत् पनि निर्वाचन प्रभावित गर्न नपाइने मान्यता स्थापित भएको बताए।

निर्वाचनमा पराजितले विजेतालाई सहर्ष आत्मैदेखि बधाई दिनसक्ने वातावरण बनाउनुपर्छ भन्ने मान्यता पनि यस पटकदेखि स्थापित भएको उनको भनाइ छ।

प्रकाशित मिति: २०२२-१२-०३ , समय : ०८:२२:४० , १ वर्ष अगाडि

error: Content is protected !!