०७ बैशाख २०८१, शुक्रबार
2024-04-19

जन्ती बोकेको विङ्गर दुर्घटना हुँदा ५ जनाको मृत्यु

Aarya News Desk

विराटनगर। धनुषाको विरेन्द्रबजारमा जन्ती बोकेको विङ्गर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन् ।

पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एसकुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साहको मृत्यु भएको हो। अन्य मृतकको परिचय खुलेको छैन । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२२-१२-०३ , समय : ११:२७:०० , १ वर्ष अगाडि

error: Content is protected !!