०८ बैशाख २०८१, शनिबार
2024-04-20

अध्यक्ष शिवहरि भट्टराई रिसोर्टमा मृत फेला परे

Aarya News Desk

सर्लाही। मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई सर्लाहीको लालबन्दी नगरपालिका १३, पत्थरकोटस्थित एक रिसोर्टमा मृत फेला परेका छन् ।

नेपाल पत्रकार महासङ्घ सर्लाहीको ११ औँ वार्षिक साधारण सभामा सहभागी हुन पुगेका भट्टराई शुक्रबार राति बास बसेको पत्थरकोटस्थित रिसोर्टमा मृत फेला परेका हुन् ।

सप्तरीको राजबिराज नगरपालिका ७ बस्ने ६७ वर्षीय भट्टराई कार्यक्रममा सहभागी हुन शुक्रबार साँझ नै जनकपुरबाट पत्थरकोट पुगेका थिए । बेलुका खाना खाएर एउटा मात्रै कोठा भएको कटेजमा सुत्न गएका भट्टराई शनिबार बिहान नउठेपछि बोलाउन जाँदा मृत फेला परेका हुन् ।

अहिले घटनास्थलको मुचुल्का तयार गरिरहेको छ । मुचुल्का तयार पारेपछि शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिने प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए ।

भट्टराईको निधले साधारण सभाका सम्पूर्ण कार्यक्रम स्थगित भएको नेपाल पत्रकार महासङ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति: २०२२-१२-०३ , समय : १५:३७:०३ , १ वर्ष अगाडि

error: Content is protected !!