१५ चैत्र २०८०, बिहिबार
2024-03-28

सत्ता गठबन्धनबाटै सरकार गठनको प्रयास गरिने

Aarya News Desk

काठमाडौं। नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सत्ता गठबन्धनबाटै सरकार गठनको प्रयास गरिने बताएका छन्। माओवादी केन्द्रको पदाधिकारी बैठकपछि महासचिव गुरुङले गठबन्धन यथावत रहेकाले सरकार गठनको प्रयास गठबन्धनबाटै थालिने बताएका हुन्।

महासचिव गुरुङले भने, ‘गठबन्धनका घटकहरूबीच कुराकानी हुन्छ। गठबन्धनकै प्रक्रियाबाट निर्वाचन भएकाले गठबन्धनको बैठक बस्नुपर्छ। भोलि गठबन्धनको आयोजना हुने भएको छ। गठबन्धनबाटै सरकार गठनको पहिलो प्रयास गरिने छ।’ गुरुङले भोलि (सोमबार) गठबन्धनको बैठक आयोजना हुने र गठबन्धनको चुनावी समीक्षा गरिने बताए।

आजको बैठकमा पदाधिकारीहरूले मुलभूत रूपमा निर्वाचनबाट कतिपय सन्दर्भमा अपेक्षाकृत परिणाम नआएपनि मुलभूत रूपमा गठबन्धनको परिणाम ठीक भएको औंल्याएका थिए। माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले यसअघि सत्ता समीकरणमा अन्य विकल्प सोच्न सकिने बताएका थिए।

प्रकाशित मिति: २०२२-१२-०४ , समय : १९:१५:४२ , १ वर्ष अगाडि

error: Content is protected !!