१५ बैशाख २०८१, शनिबार
2024-04-27

जनता समाजवादी पार्टी र नेकपा एमाले बीच ब्रेकअप

राजीव कुशवाहा

विराटनगर । जनता समाजवादी पार्टी र नेकपा एमाले बीच ब्रेकअप भएको छ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादले नेकपा एमालेसँगको सहकार्य सकिएको बताउनुभएको छ । मङ्सिर ४ को निर्वाचनका लागि जसपाले एमाले संग केहि सिटमा तालमेल गरेको थियो।

आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै जसपा अध्यक्ष यादवले एमालेसँगको चुनावी सहकार्य सकिएको बताउनुभयो । ‘हामीले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेका थियौं, चुनावसँगै सहकार्यको कोर्स सकिएको छ उहाँले बताउनुभयो ।’

अध्यक्ष यादवले सरकार गठनमा कसलाई समर्थन गर्ने वा नगर्ने विषयमा निर्णयमा पुगिनसकेको बताउनुभयो । पार्टीले सरकारमा सहभागिताका सन्दर्भमा देशैभरि एउटै नीति लिने पनि यादवले बताउनुभयो ।

मङ्सिर ४ को निर्वाचनमा यादव सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग फराकिलो मतान्तरले पराजित हुनुभएको थियो ।

प्रकाशित मिति: २०२२-१२-०४ , समय : १९:५८:४९ , १ वर्ष अगाडि

error: Content is protected !!