१३ बैशाख २०८१, बिहिबार
2024-04-25

मधेशीलाई धोति भनेर अपमानजनक शब्द प्रयोग गरेको भन्दै युवाहरूले विरोध प्रदर्शन गरे

Aarya News Desk

जनकपुरधाम । काठमाडौंका कथित सुकुम्बासीहरुले मधेशीलाई धोति भनेर अपमानजनक शब्द प्रयोग गरेको भन्दै जनकपुरधामका युवाहरूले विरोध प्रदर्शन गरेका छन्। काठमाडौंका सुकुम्बासीले मधेशीलाई गाली दिएको भन्दै मधेश प्रदेशको राजधानी जनकपुरधाममा युवाहरूले विरोध प्रदर्शन गरेका हुन् ।

जनकपुरधामका युवाहरूले मधेशी समुदायमाथि लक्षित गरी अपमानजनक शब्द प्रयोग नगर्न विरोध प्रदर्शनमार्फत सचेतसमेत गराएको छ । युवा अभियन्ता आदर्श मण्डलले विगत केही समयदेखी मधेशी समुदायलाई लक्षित गरी काले, मदिसे, भैया, धोति जस्ता अपमानजनक शब्द प्रयोग हुने गरी सामाजिक सदभावमा खलल पार्ने काम भइरहेकोले त्यस्ता काम गर्ने व्यक्तिमाथि नेपालको प्रचलित कानुन बमोजिम कडा कारवाही गर्न माग गरेका छन् ।

मधेशी समुदायले नै देशका अधिकांश सिमानाकाहरूको रक्षा गरिरहेको भन्दै उनले मधेशी समुदाय देशको महत्वपूर्ण तथा गौरवशाली समुदाय रहेपनि समय समयमा यस्ता घटनाहरूबाट पीडित हुनुपरेकोले आगामी दिनमा यस्ता घटना नदोर्होयाउन चेतावनीसमेत दिए ।

प्रकाशित मिति: २०२२-१२-०४ , समय : २१:१३:५३ , १ वर्ष अगाडि

error: Content is protected !!