१६ चैत्र २०८०, शुक्रबार
2024-03-29

मेयर डा.दीपेन्द्र महतोले एक सय विद्यार्थी कारवाही गरिए

Aarya News Desk

गौशाला। विद्यालयको अनुशासन तोडेर सडक जाम गरि सर्वसाधरणलाई दुःख दिएको भन्दै गौशाला नगरपालिकाका एक सय विद्यार्थी कारवाहीमा परेका छन् । आइतबार सडक जाम गरेर सर्वसधारणलाई दुःख दिने अनुशासनहीन कार्य गरेको भन्दै राष्ट्रिय माध्यमिक विद्यालय नवराजपुरले कक्षा ९ र १० मा अध्ययनरत करिब एक सय जना विद्यार्थीलाई कारवाही गरेको हो।

विद्यार्थीका अभिभावकलाई विद्यालयमै बोलाएर मेयर डा.दीपेन्द्र महतोले अनुशासनको हकमा कारवाही गरिएको विद्यालयका प्रधानाध्यापक शुभकरण यादवले बताए ।

विद्यार्थीहरुले शिक्षकको माग गर्दै औरही–गौशाला सडक खण्डमा टायर बाल्दै चक्का जाम गरी प्रदर्शन गरेका थिए । असारमै नगरपालिबाट भर्ना गरिएका ४ जना करारका शिक्षकको समयावधि सकिएपछि विद्यालयमा पठनपाठन प्रभावित हुँदै आएको थियो । नगरपालिकाले अन्य ठाउँमा शिक्षक पठाएर भएपनि पठन पाठन गराउँदै आएको नगरपालिकाको कार्यालयले जनाएको छ ।

शिक्षक अभावमा पठनपाठन प्रभावकारी नभएपछि विद्यार्थी नियमित रुपमा स्कुलमै शिक्षक भर्ना गर्न मेयर महतोसँग माग गरेका थिए । मेयर महतो तीन दिनभित्र शिक्षक पठाउने विद्यार्थीहरुलाई आश्वासन दिएको थियो । तर, विद्यार्थी अरुको उस्काहटमा लागेर टायर बालेर सडक जाम गरेपछि कारवाही गरिएको मेयर महतोले बताए।

मेयर महतोले भने, ‘चुनावको आचारसंहिता लागेकाले शिक्षक भर्ना प्रक्रिया रोक्नु परेको थियो । त्यसैले ढिलो भयो । ५७ पदका लागि आह्वान गरिएको ५ सय बढी शिक्षकले परीक्षा दिएका थिए । त्यसको नतिजा सार्वजनिक गर्न समय लाग्यो । अब छिट्टै शिक्षक स्कुलमा पठाउँछौं ।’

विद्यालयको अनुशासन तोडेका कक्षा ९ र १० का विद्यार्थीलाई एक हप्ताका लागि निष्काशन गरिएको मेयर महतोले बताएका छन् । अभिभावले बच्चाहरुलाई संस्कार नसिकाएसम्म गुणस्तरीय शिक्षा दिन नसक्ने उनले भनाइ छ।

प्रकाशित मिति: २०२२-१२-०५ , समय : १६:१०:०८ , १ वर्ष अगाडि

error: Content is protected !!