०८ बैशाख २०८१, शनिबार
2024-04-20

नेप्से परिसूचक आज दोहोरो अंकले घटे

Aarya News Desk

काठमाडौं। नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ।

सूचक २४.४६ अंकले घटेर १९३८.७६ विन्‍दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स १.३५ प्रतिशतले घट्यो। अघिल्लो कारोबार दिन आइतबार नेप्से परिसूचक २.१६ अंकले घटेर १९६३.२२ विन्दुमा पुगेको थियो। कारोबार रकम भने आइतबारको तुलनामा वृद्धि भएको छ। यसदिन १ अर्ब ६७ करोड ४ लाख ५५ हजार ३४ रुपैयाँको सेयर कारोबार भयो।

आज २४० कम्पनीको ४१ लाख २७ हजार २८६ कित्ता सेयर खरिदविक्री भयो। सयपत्री हाइड्रो पावर, एनआईसी एसिया सेलेक्ट फन्ड,ग्लोबल आईएमई ब्यालेन्स फन्ड, नारायणी डेभलपमेन्ट बैंक, केबीएल डेबेन्चर २०८६ कमाउनेमा शीर्ष पाँचभित्र पर्न सफल भएका छन्। कारोबारमा आएका १३ वटै समूहको सूचक नकारात्मक देखिएको छ।

यसदिन फाइनान्स समूहको सूचक सर्वाधिक २.२८ प्रतिशतले घट्यो। मनु एन्ड प्रोको २.३७ प्रतिशतले सूचक ओरालो लाग्दा डेभलपमेन्ट बैंक,होटल्स एन्ड टुरिजम, हाइड्रोपावर, इन्भेस्टमेन्ट,लाइफ इन्स्योरेन्स, माइक्रो फाइनान्स, ननलाइफ इन्स्योरेन्स, अदर्श र ट्रेडिङ समूहको सूचक १ प्रतिशत बढिले घट्यो।

कारोबार रकमका आधारमा रिद्धि पावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३० करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। २० करोड २३ लाख रुपैयाँको सेयर कारोबार गरी शिवम् सिमेन्ट दोस्रो स्थानमा रह्यो।

प्रकाशित मिति: २०२२-१२-०५ , समय : १७:०६:४२ , १ वर्ष अगाडि

error: Content is protected !!