१४ बैशाख २०८१, शुक्रबार
2024-04-26

जग्गा विवादमा दाइको हत्या

Aarya News Desk

नयाँ दिल्ली। भारतको झारखण्डको खुन्ती जिल्लामा २० वर्षीय युवकले २४ वर्षीय दाइको हत्या गरेको घटना सार्वजनिक भएको छ ।

हत्यापछि अभियुक्तले टाउको काटेर सेल्फी लिएको प्रहरीले जनाएको छ । मृतकका बुबा दसाई मुण्डाले डिसेम्बर २ मा यस सम्बन्धमा एफआईआर दर्ता गरेका थिए।

त्यसपछि प्रहरीले गत आइतबार मुख्य अभियुक्त र उनकी श्रीमतीसहित ६ जनालाई पक्राउ गरेको छ। एफआइआरमा ५५ वर्षीय दसाई मुण्डाले भनेका छन्, ‘उनको छोरा कानु मुण्डा डिसेम्बर १ मा घरमा एक्लै थिए । अरू सबै काम गर्न धान खेतमा गएका थिए। साँझ घर फर्किएपछि उनका भतिजा सागर मुण्डा र साथीले छोरा कानु मुण्डालाई अपहरण गरेको गाउँलेले बताए ।’

छोरा कतै नभेटेपछि बुबाले भोलिपल्ट एफआइआर दर्ता गराएका थिए । आरोपितलाई पक्राउ गरेपछि कुमाङ गोप्ला जङ्गलमा मृतकको शरीर र त्यसबाट १५ किलोमिटर टाढा दुल्वा तुङ्दी क्षेत्रमा टाउको फेला परेको मुर्हु प्रहरी चौकीका इन्चार्ज चुडामणि टुडुले बताए ।

हालसम्म पाँच थान मोबाइल, दुई रगतले लतपतिएको धारिलो हतियार, एउटा बञ्चरो र एउटा एसयूभी बरामद गरिएको प्रहरी अधिकृत टुडुले बताए । हत्याको मुख्य कारण मृतकका परिवार र अभियुक्तबीच लामो समयदेखि चलिरहेको जग्गा विवाद रहेको टुडुले बताए । बीबीसी

Subscribe Youtube Channel  Aarya News Online 


प्रकाशित मिति: २०२२-१२-०६ , समय : १०:५६:१२ , १ वर्ष अगाडि

error: Content is protected !!