०८ बैशाख २०८१, शनिबार
2024-04-20

जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष र संघिय परिषद् अध्यक्ष बीच मतभिन्ता

Aarya News Desk

विराटनगर। जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र संघिय परिषद् अध्यक्ष अशोक राईबीच मतभिन्ता देखिएको छ । मंसिर ४ गतेको निर्वाचनमा एमालेसँग सहकार्य गरेर गएको जसपाका अध्यक्ष र संघिय परिषद् अध्यक्षबीच मतभिन्नता देखिएकामे हो ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले चुनाव लगत्तै एमालेसँगको तालमेल सकिएको बताएका थिए । संघीय परिषद अध्यक्ष अशोक कुमार राईले भने यादवको व्यक्तिगत धारणा भएको बताएका छन् । उनले एमालेसँगको तालमेल नसकिएको बताए ।

एमालेसँगको तालमेल सकिएको भनेर अध्यक्ष यादवले दिएको अभिव्यक्तिबारे राखिएको जिज्ञासामा राईले भने,‘यो उहाँको (अध्यक्ष उपेन्द्र यादवको) व्यक्तिगत धारणा हो । एमालेसँगको सहकार्य जारी रहने उनले बताए ।

‘यो चाहिँ उहाँको व्यक्तिगत धारणा हो । किनभने उहाँले नै सही गर्नु भएको कागजमा निर्वाचन पछि पनि यो तालमेल जारी रहन्छ भन्ने कुरा उल्लेख भएको छ । तर यसपटकको निर्वाचनले पनि कुनै एउटा पार्टीलाई बहुमत दिएको अवस्था छैन, यस्तो स्थितिमा कसरी जाने भनेर सम्बन्धमा हामीले छलफल गर्न जरुरी छ,’ उनले भने ,‘ हामी छलफल गर्छौं ।

हामीले परिस्थिति हेरेर मुलुकमा अस्थिरता नबढोस्, स्थिर सरकार दिन सकियोस् र जनताको सेवा गर्ने अनुकूल वातावरण नै बनाउन सकियोस् भन्ने सम्बन्धमा हाम्रो जोड रहन्छ ।”

Subscribe Youtube Channel  Aarya News Online 


प्रकाशित मिति: २०२२-१२-०६ , समय : ११:४४:३५ , १ वर्ष अगाडि

error: Content is protected !!