१६ चैत्र २०८०, शुक्रबार
2024-03-29

करेन्ट लागेर एक जनाको मृत्यु

Aarya News Desk

विराटनगर। उदयपुरको कटारी नगरपालिका-२ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कटारी-२ का ३० बर्षीय दिल कुमार थापा मगर रहेका छन् । हिजो साँझ ५ बजे आफ्नै घरको छतमा घरको तला थप्ने क्रममा फलामको रडले बिजुलीको तार छुन पुग्दा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका मगरको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भईरहेको छ ।

Subscribe Youtube Channel  Aarya News Online 


प्रकाशित मिति: २०२२-१२-०६ , समय : १४:५५:२० , १ वर्ष अगाडि

error: Content is protected !!