बि.स. : २०८१ कार्तिक ०७, बिहिबार
आमा धेरै दु:ख पाए पाथिभरा भक्ति LIVE

इनरुवा नगपालिकाले अतिक्रमित सडकपेटी खाली गर्न सुरु गरे

राजीव कुशवाहा 633  पटक हेरिएको

विराटनगर । सुनसरीको इनरुवा नगपालिकाको कार्यालयले अतिक्रमित सडकपेटी खाली गर्न सुरु गरेको छ । पटक पटकको सार्वजनिक सूचना जारी गर्दासमेत अटेर गरेपछि अतिक्रमित सडकपेटी खाली गर्न सुरु गरेको हो।

मंगलवार नगर प्रहरीका साथै सुरक्षा निकायको रोहबरमा नगर प्रमुखले सडकपेटी खाली गराउने कार्यलाई अघि बढाएका छन् । ३५ दिने र अन्तिम पटकको ३ दिने सूचना जारी गर्दासमेत सडकपेटी खाली नगरेको भन्दै नगरप्रमुख केदार भण्डारीसहितको नगरपालिकाको टिम नै डोजर लिएर सडकमा निस्किएको हो ।

व्यापारी र केही स्थानीयबासिन्दाले अवरोध गरे पनि नगरपालिकाको टोलीले अतिक्रमित सडकपेटी र सडकमा बनाइएका टहरा हटाउन थालेको छ । नगर सफा राख्ने कार्यमा नगरवासीको साथको अपेक्षा गरेको पनि नगरपालिकाले जनाएको छ । सडकपेटी खाली गराउन पुगेका मेयर केदार भण्डारीले पटक पटकको सूचना अटेर गरेपछि बाध्य भएर एक्सनमा उत्रनुपरेको बताउनुभयो ।

सूचनाबाट नै मानिसहरुले टेर्ने विश्वास लिए पनि बारम्बार सूचना जारी गर्दासमेत अटेर गरेको भण्डारीले बताउनुभयो ।

Subscribe Youtube Channel  Aarya News Online 


प्रकाशित मिति: २०२२-१२-०६ , समय : १८:१५:०० , २ वर्ष अगाडि

error: Content is protected !!