१६ चैत्र २०८०, शुक्रबार
2024-03-29

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

Aarya News Desk

विराटनगर। झापाको कन्काई नगरपालिका-८ स्थित पुर्व पश्चिम लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-१ का २२ बर्षीय ओमप्रकाश राउत रहेका छन् । आज बिहान ६ बजे ना. ३ ख २९०४ नम्बरको ट्रकले प्रदेश १ -०१-०१३ प ४०५२ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका राउतको उपचारको क्रममा बिएण्डसि अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

घटनामा संलग्न ट्रक चालक मोरङ पथरी शनिश्चरेका पर्सुराम थापालाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: २०२२-१२-०७ , समय : १६:१९:२५ , १ वर्ष अगाडि

error: Content is protected !!