०७ बैशाख २०८१, शुक्रबार
2024-04-19

शिक्षामा ब्रह्मलुट; सम्बन्धित निकाय मौन

मधु सुधन ज्ञवाली

विराटनगर। अनुमतिबिना शैक्षिक संस्था चलाउने समुहहरु ग्रामिण क्षेत्रमा सक्रियता पुर्वक लागेका छन्।

जहदा गाउँपालिका वडा नम्बर ६ पोखरिया स्वास्थ्य चोकी नजिकै टिनको छानो भएको झुप्रो घरमा नर्सरी देखि एक कक्षासम्मका विद्यार्थीलाई अनुमतिबिना पढाउने काम भइरहेको छ।

दिब्य ज्योति बोर्डिंग स्कुल नाम दिए पनि विद्यालयको बोर्ड नभएको शिक्षा क्षेत्रमा अपनाउनुपर्ने मापदण्ड पुरा नभएको पाइएको छ। १५ जना छात्रर १५ जना छात्रा रहेको उक्त विद्यालयमा छात्राको लागि चाहिने सोचालयको व्यवस्था नभएको र पानीको व्यवस्था नभएको पाइएको छ।

उक्त विद्यालयमा अध्यापन गराउने शिक्षिका उर्मिला मण्डलसंग जिज्ञासा राख्दा विद्यालयको अनुमति नभएको कुरालाई स्विकार गर्दै विद्यालय व्यवस्थापनको जिम्मा बिनोद मण्डलको रहेको बताउनुभयो।

सोहि बिषयमा बिनोद मण्डल संग जिज्ञासा राख्दा पहिला उक्त विद्यालयमा आफ्नो संलग्ता रहे पनि अहिले आएर आफुले छोडेको र सम्पूर्ण जिम्मा उर्मिला मण्डललाई दिएको बताउनुभयो।

उक्त विद्यालयको अनुमति न लिएको सहजै स्विकार गर्दै विद्यालय संचालन प्रक्रिया पुरा गरे पछि मात्र विद्यालय संचालन गर्नको लागि आफु सुझाव दिएको मण्डलले बताउनुभयो।

जहदा गाउँपालिका शिक्षा शाखाले आफ्नो कार्य क्षेत्रमा पर्ने संचालित विद्यालयहरुको बिषयमा अनुगमन न गर्दा शेक्षिक क्षेत्रमा बिकृति फैल्दै गरेको प्रष्ट हुन आउछ।

Subscribe Youtube Channel  Aarya News Online 

प्रकाशित मिति: २०२२-१२-०७ , समय : १९:३४:३० , १ वर्ष अगाडि

error: Content is protected !!