
इनरुवा । लायन्स क्लव अफ बिराटनगर हेल्थ प्राेफेसनल तथा लायन्स क्लव अफ ईनरुवा ट्रान्सफर्मेसनकाे संयुक्त आयाेजनामा बुधवार सुनसरीकाे भाेक्राहा नरसिंह गाउँपालिका २ अकाहामा रहेकाे श्री आधारभुत विद्यालयका सम्पुर्ण विद्यार्थीहरुलाई कपि तथा शैक्षिक सामग्री वितरण गरेका छन् ।
गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अाजादकाे प्रमुख अाथित्यमा भएकाे साे कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय ३२५ सी का एलसिअाईएफ चिफ डा बालकृष्ण साह, पालिकाका उपाध्यक्ष सुनिता उराउ, शिक्षा शाखा प्रमुख श्री रमेश चन्द्र तिम्लसिना, वाड नम्बर २ का वडाध्यक्ष अालम अन्सारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजाराम मेहता , लायन्स अन्तर्राष्ट्रिय का जाेन चियर्पसन पुष्प कार्की , प्रधानाध्यापक मनाेज मेहता लगायत लायन्स सदस्यहरु, अभिभावकहरुकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा कक्षा ६,७ र ८ का बिद्यार्थीहरुलाई चाईनिज कलम, १-१ बाेतल मसि र अाधा दर्जन १२० पेजका कपि वितरण गरेकाे थियाे । त्यस्तै साना कक्षा २ सम्मका विद्यार्थीहरुलाई पेन्सिल, साफनर तथा ईरेजर रहेकाे थियाे । कक्षा ३,४ र ५ का विद्यार्थीहरुलाई कपि र बलपेन वितरण गरिएकाे लायन्स क्लव अफ ईनरुवा ट्रान्सर्फर्मेसनका काेषाध्य लायन सुरेन्द्र साहले बताए । कार्यक्रम संयाेजक लायन सुरेन्द्र कुशवाहाकाे अध्यक्षतामा भएकाे थियाे भने कार्यक्रम सञ्चालन लायन्स क्लव अफ बिराटनगर हेल्थ प्राेफेसनलका सचिव लायन तेज साहले गरेका थिए ।
कार्यक्रममा पालिका अध्यक्षले लायन्स क्लवले सेवाका लागि शहरबाट टाढा रहेकाे विद्यालयलाई राेजेकाेमा धन्यवाद दिदै समाजसेवी डा बालकृष्ण साहलाई स्वास्थ्य सेवाका लागि सहकार्य र सहयाेगका लागि अाैपचारिक निम्तो समेत गरेकाे कार्यक्रम सञ्चालक तेज साहले बताए ।
Subscribe Youtube Channel Aarya News Online
प्रकाशित मिति: २०२२-१२-०७ , समय : २२:२१:०० , ६ महिना अगाडि