०७ बैशाख २०८१, शुक्रबार
2024-04-19

जीप दुर्घटना हुँदा चालकको मृत्यु

Aarya News Desk

बैतडी। बैतडीको पाटन १० मा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गए राती १० बजे पाटन १० डैसीली भन्ने स्थानमा से १ ज ८१६ नं को जीप दुर्घटना भएको हो।

दुर्घटनामा जीपका चालक डडेल्धुराका नवदुर्गा गाउँपालिका ५ उकल्लीका ३६ वर्षीय तेजबहादुर साउदको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

जीप सडकबाट करिब एक सय मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

प्रकाशित मिति: २०२२-१२-०९ , समय : १०:५८:१९ , १ वर्ष अगाडि

error: Content is protected !!