१४ बैशाख २०८१, शुक्रबार
2024-04-26

बारामा १२ वर्षीय बालिकालाई जबरजस्ती गरि फरार भएका अन्सारी पक्राउ

आर्य न्युज

बिरगंज २० गते बैशाख । बारामा १२ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेर फरार रहेका युवक पक्राउ परेका छन्। रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ७ बगही टोलका २० वर्षीय अफरोज अन्सारी पक्राउ परेका हुन्। बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ९ कि ती नाबालिकालाई अन्सारीले वैशाख १० गते साँझ साथीको घरमा जाने क्रममा अपहरण गरी एकान्त स्थानमा लगेर जबरजस्ती करणी गरेका थिए । त्यसपछि ती बालिकालाई अन्सारीले काठमाडौं लगेर आफ्नो कोठामा बन्धक बनाएर राखेका थिए ।

घटनाबारे प्रहरीमा उजुरी परेपछि बाराबाट खटिएको प्रहरीले पीडित नाबालिकालाई अन्सारीले काठमाडौंको कोठामा बन्धक बनाएर राखेको अवस्थामा उद्दार गरी  ल्याएको थियो । फरार रहेका अन्सारीलाई भने वैशाख १७ गते पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले बताए।

पक्राउ परेका अन्सारीविरुद्ध अपहरण शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा बारा जिल्ला अदालतबाट ७ सात दिनको म्याद अनुमति लिइ थप अनुसन्धान भइरहेको थापाले बताए ।

 

 

प्रकाशित मिति: २०२२-०५-०३ , समय : ११:४७:५९ , २ वर्ष अगाडि

error: Content is protected !!