०७ बैशाख २०८१, शुक्रबार
2024-04-19

मोरङमा मिक्सचर मेसिनको ठक्करबाट एक प्राविधिकको मृत्यु

Aarya News Desk

विराटनगर : मोरङमा मिक्सचर मेसिनको ठक्करबाट एक प्राविधिकको मृत्यु भएको छ। निर्माणाधीन मदन भण्डारी लोकमार्गअन्तर्गत लेटाङ नगरपालिका–९ मा मिक्सचर मेसिनको ठक्करबाट प्राविधिक सुनील साहको मृत्यु भएको हो।

लेटाङ–९ स्थित तेली खोलाको पुल निर्माणमा प्रयोग गरिँदै आएको को १ ख ४०७७ नम्बरको मिक्सचरले ठक्कर दिँदा ओभरसियर सिरहाको लाहान नगरपालिका घर भएका २४ वर्षीय सुनील साहको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो। ।

डीएसपी श्रेष्ठका अनुसार उक्त निर्माणको जिम्मा पुल सूर्य एन्ड सन्स कन्सट्रक्सनले लिएको थियो। मृतक साह सोही कन्सट्रक्सनका प्राविधिक रहेको प्रहरीले जनाएको छ। ट्रकमा जडान गरेर प्रयोग गरिँदै आएको मिक्सचरले घोला ओसार्ने क्रममा ठक्कर दिएको डीएसपी श्रेष्ठले बताउनुभयो । घोला पुर्‍याएर पछाडि सार्ने क्रममा मिक्सचरले राति ९:४५ बजेतिर ठक्कर दिँदा ओभरसियर साहको घटनास्थलमै मृत्यु भएको डीएसपी श्रेष्ठले बताउनुभयो ।

दुर्घटनालगत्तै मिक्सचर चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–४ कालाबन्जरका ३५ वर्षीय शम्भु राजधामीलाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले बताउनुभयो।

प्रकाशित मिति: २०२२-१२-१० , समय : ११:४१:२२ , १ वर्ष अगाडि

error: Content is protected !!