०८ बैशाख २०८१, शनिबार
2024-04-20

प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ

Aarya News Desk

विराटनगर। मोरङको विराटनगर महानगरपलिका – १३ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ केराबारी गाउपालिका १० का ३३ बर्षीय अरुण लिम्बु रहेका छन् । हिजो साँझ ७ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट सादा पोसाकमा खटिएको संयुक्त प्रहरी टोलीले रानीबाट बिराटनगर तर्फ आउदै गरेको बा ६३ प ३३४६ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा सो मोटसाईकल सवार रहेका लिम्बुको साथबाट DIALX DC 100ML- 3 बोतल, ESKUL 100ML- 2 बोतल र SPAMO PROXYVON PLUS- 18 क्याप्सुल लागुऔषध फेला परेको थियो ।

पक्राउ परेका लिम्बुको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति: २०२२-१२-१० , समय : १३:३५:२६ , १ वर्ष अगाडि

error: Content is protected !!