१६ चैत्र २०८०, शुक्रबार
2024-03-29

नेकपा एमालेले स्थायी कमिटी सदस्य प्रभु शाह र घनश्याम भुसाललाई कारबाही गरे

Aarya News Desk

काठमाडौ। नेकपा एमालेले स्थायी कमिटी सदस्य प्रभु शाह र घनश्याम भुसाललाई कारबाही गरेको छ । शनिबारको पार्टी सचिवालय बैठकले शाह र भुसाललाई स्थायी कमिटी सदस्य नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी विरोधी गतिविधिमा संलग्न भएकाले दुई जनालाई कारबाही गरिएको एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

निर्वाचनमा पार्टी विरोधी गतिविधि गरेको भन्दै केन्द्रीय कमिटीका सदस्य उपेन्द्र साह, कुन्दन कुशवाह, रामप्रित राम, बद्री न्यौपाने, रीता साह, गंगा चौधरी र टेकबहादुर बलाम्पाकीलाई केन्द्रीय सदस्य नरहने गरी कारबाही गरेको गुरुङले बताए ।

प्रकाशित मिति: २०२२-१२-१० , समय : १८:२८:०२ , १ वर्ष अगाडि

error: Content is protected !!