१३ बैशाख २०८१, बिहिबार
2024-04-25

सुनसरीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु ४ घाईते

Aarya News Desk

विराटनगर। सुनसरीको बरहाक्षेत्र नगरपालिका-३ स्थित सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन ।

मृत्यु हुनेमा को १७ प ६९४४ नम्वरको मोटरसाईकल चालक बेलबारी नगरपालिका-२ का ३५ बर्षीय हर्क बहादुर राई रहेका छन, उनको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो । हिजो साँझ ६ बजे प्रदेश १-०२-०४३ प १७१, को.३८प ९२१० र को. १७ प ६९४४ नम्वरको मोटरसाईकलहरु आपसमा ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका बराहक्षेत्र-१ का ३३ बर्षीय रंजित कार्की, ३५ बर्षीय सुभास श्रेष्ठ, सुन्दरहरैचा-२ का ३८ बर्षीय हेमचन्द्र गुरागाई र २६ बर्षीय इन्दिरा गुरुङको धरान घोपामा उपचार भईरहेको छ ।

घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको छ ।

 

प्रकाशित मिति: २०२२-१२-११ , समय : ११:४८:०३ , १ वर्ष अगाडि

error: Content is protected !!