१६ चैत्र २०८०, शुक्रबार
2024-03-29

अपार्टमेन्ट भवनमा विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु

Aarya News Desk

काठमाडौँ। शनिबार जर्सीको च्यानल टापुको एक अपार्टमेन्ट भवनमा विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने एक दर्जन बेपत्ता भएका छन् । सीएनएनले उक्त टापुका मुख्यमन्त्री क्रिस्टिना मूरलाई उद्धृत गर्दै घटना बारे जनाकारी गराएको हो ।

स्थानीय समय अनुसार बिहान ४ बजे मात्रै घटनाबारे स्थानीय प्रहरीलाई खबर गरिएको थियो । राज्यका जर्सी प्रहरीका प्रमुख अधिकारी रोबिन स्मिथले घटनाबारे प्रहरीलाई खबर गरेपछि आपतकालीन सेवाहरूले घटनास्थलमा पुगेर उद्धार कार्य अगाडि बढाएको जानकारी दिए ।

उक्त तीन तले भवन ‘पूर्ण रूपमा भत्किएको’ र वरपरको दृष्य हृदयविदारक देखिएको थियो ।
बेपत्ताको खोजी र उद्धारकार्य तीव्र बनाइएको स्मिथले बताएका छन् । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित मिति: २०२२-१२-११ , समय : १३:०४:२२ , १ वर्ष अगाडि

error: Content is protected !!