१४ बैशाख २०८१, शुक्रबार
2024-04-26

जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगे

Aarya News Desk

जाजरको। जाजरकोटमा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । ९ जनाको घटनास्थलमै र घाईते २ जनाको उपचारका लागि सुर्खेद लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

पश्चिम जाजरकोटको छेडागाड नगरपालिका ४ भीरबाटी भन्ने ठाँउ कर्णाली प्रदेश ०२-००१ च ०४२९ नम्बरको बलेरो जिप मध्यपहाडी राजमार्गबाट दुई सय मिटर तल खसेको छ। जिप दशेराको जेवाबाट लेवा जाँदै थियो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा छेडागाड नगरपालिका ६ थाना जाजरकोटका विरबहादुर खत्री, छेडागाड ५ लेवाका जयबहादुर बुढा, नैनसरा अधिकारी, रामबहादुर बुढा, देवीसरा बुढा, अम्मर अधिकारी, निशा अधिकारी र दीपक अधिकारी छन् । त्यस्तै गाडी चालक भगवति गाँउपालिका २ रुम दैलेख निवासी मानबहादुर रावत, भगवतिमाई गाँउपालिका ३ दैलेखका विरेन्द्र केसी र अमरबहादुर खड्काको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका अम्मर र बालिका निशाको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । दुर्घटनामा परेका जैवान अधिकारीको अवस्था गम्भीर छ। उनको थप उपचारका लागि सुर्खेत पठाईएको छ।

जिप दैलेख भगवतिमाई गाँउपालिका ३ बाट विरेन्द्र खड्का र छेडागाड ५लेवाकी सम्झना बिसीको बिहेमा दुलही लिन जाजरकोटको दशेरा आएको थियो। विवाह भोजमा सहभागी भएका एक जना जन्ती बिरामी परेपछि उपचारका लागि थलह बजार लैजानेक्रममा दुर्घटना भएको स्थानीय प्रेम रावतले बताए ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको जाजरकोटका निमित्त प्रमुख जिल्ला अधिकारी जनकप्रसाद भण्डारीले बताए ।

प्रकाशित मिति: २०२२-१२-१३ , समय : ०७:४८:४२ , १ वर्ष अगाडि

error: Content is protected !!