११ बैशाख २०८१, मंगलबार
2024-04-23

एक वृद्धले नौ दिनमा दुई हजार ६० पटक प्रहरी चौकीमा फोन गरे

Aarya News Desk

एजेन्सी। टोकियो- जापानका एक वृद्धले हालै प्रहरी चौकीमा नौ दिनमा २,०६० पटक फोन गरेर त्यहाँका कर्मचारीहरूलाई दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका छन् । उनले फोन गरेर कर्मचारीहरूलाई ‘कर चोर’ र ‘खाली स्थानमा रहेको ठूलो मूर्ख’ भनेका थिए ।

सेप्टेम्बर ३० र अक्टोबर ८ को अवधिमा सैतामा प्रिफेक्चरका ६७ वर्षीय व्यक्तिले प्रिफेक्चरल प्रहरी मुख्यालयमा कुल २, ०६० पटक फोन गरेर दुःख दिएका थिए । उनले त्यहाँका सबै कर्मचारीहरूलाई बर्खास्त गर्न भनेका थिए । त्यो हरेक ६ मिनेटमा औसत एक कल र नौ दिनको अन्तरालमा लगभग २७ घण्टा कुल टक टाइम हो ।

अन्ततः प्रहरीले उक्त व्यक्तिको घरमा छापा मारेर प्रहरी गतिविधिमा अवरोध गरेको भन्दै पक्राउ गरेको थियो । उनले आरोप स्वीकार गरेका छन् । उनले भने, ‘मलाई थाहा थियो एक दिन पुलिस मेरो लागि आउनेछ ।’

यस अनौठो केसको बारेमा जापान प्रहरीले अनुसन्धान जारी राखेको छ । तर, नाम गोप्य राखिएका ती व्यक्ति प्रहरीलाई सहयोग गर्न धेरै उत्सुक नभएको बताइएको छ । चाखलाग्दो कुरा के छ भने मानिसको फोन रेकर्ड नुसार ती व्यक्तिले वर्षौंदेखि पुलिसलाई कल गर्दै आएको थियो । तर, भर्खरै केही रहस्यमय कारणले गर्दा उसले आफ्ना गतिविधि बढाएको थियो ।

प्रकाशित मिति: २०२२-१२-१३ , समय : १२:१०:५२ , १ वर्ष अगाडि

error: Content is protected !!