
विराटनगर २१ गते वैशाख । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ । स्थानिय तह निर्वाचको प्रचार प्रसारको क्रममा झडप भएको हो।
झडपमा दुवैतर्फका ६ जना घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार घाइते चार जनालाई उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको छ । उनीहरुको टाउकोमा चोट लागेको छ ।
चुनाव प्रचारमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी देवी पाण्डेले प्रयोग गरेको गाडीसमेत तोडफोड भएको छ । पाण्डे २०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन् । उनी अहिले पनि कांग्रेसको तर्फबाट उम्मेदवार छिन् । एमाले बाट चेतन बहादुर राणा उमेदवारी दिएका छन्।
प्रकाशित मिति: २०२२-०५-०४ , समय : २१:०३:३४ , १ वर्ष अगाडि