महाभारतको श्री कृष्ण नेपाल आउने

आर्य न्युज

बिराटनगर २१ वैशाख । महाभारत धारावाहिक टेलिश्रृंखलामा श्रीकृष्णको भूमिका निभाउने डा. नितिश भारद्वाज नेपाल आउने भएका छन् । कल्याणकारी कार्यहरुका कार्यक्रममा सहभागी हुन नेपाल आउने भएका हुन् ।

भारद्वाज जनजाति कल्याण आश्रम नेपालको १२औं वार्षिकोत्सवमा सहभागी हुने छन् । त्यहाँ आमाको माया छात्रावासमा प्रमुख अतिथिको रुपमा शनिबार विहान सहभागी हुनेछन् । कार्यक्रम जावलाखेलस्थित डिएबी कलेजमा आयोजना हुनेछ ।

प्रकाशित मिति: २०२२-०५-०४ , समय : २२:५८:३५ , १ वर्ष अगाडि

error: Content is protected !!