नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दिया आफ्नै भवनमा सरे

Aarya News Desk

गुलरिया। नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाको कार्यालय आफ्नै भवनमा सरेको छ। गुलरिया नगरपालिकाको एकल सहयोगमा सम्पन्न नवनिर्मित भवन समुद्घाटनसँगै महासंघको कार्यालय आफ्नै भवनमा सरेको हो ।

स्वर्गीय शिवप्रसाद पोखरेलकी धर्मपत्नी स्वर्गीय लक्ष्मीदेवी र श्रीमति ईन्दीरा देवी पोखरेलद्वारा गुलरिया नगरपालिका वडा नम्वर ७ स्थित बदलुपुरमा १२ धुर जमिन पत्रकार महासंघ बर्दियालाई दानमार्फत प्राप्त भएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष यादव प्रसाद आचार्यले बताए।

नेपाल पत्रकार महासंघका तत्कालिन अध्यक्ष मिनराज शर्माको कार्यकालमा जमिन प्राप्त गरेपछि निवर्तमान अध्यक्ष राजेन्द्रप्रसाद धितालको कार्यकालमा शुरु भएको भवन निर्माणकार्यलाई अहिलेको कार्यसमितिले पूर्णता दिएको अध्यक्ष आचार्यको भनाइ छ।

भवन निर्माणका लागि गुलरिया नगरपालिकाले विभिन्न बर्षमा गरी ३१ लाख ५० हजार १४२ रुपैया (कर वाहेक) उपलब्ध गराएको थियो । महासंघको कार्यालयमा एटेज वाथरुमसहितको ३ कोठा र एउटा ठूलो हल छ।

प्रकाशित मिति: २०२२-१२-१५ , समय : १६:४१:१३ , १० महिना अगाडि

error: Content is protected !!