०६ जेठ २०८१, आइतबार
2024-05-19

सोनीको हत्याको आरोपमा सात जना पक्राउ

Aarya News Desk

रुपन्देही। बुटवल उपमहानगरपालिका-९ बस्ने भारत घर भएका ५५ वर्षीय अजय सोनीको धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको आरोपमा सात जना पक्राउ परेका छन्।

बुटवल उपमहानगरपालिका-८ राजमार्ग चौराहमा मागी खाई हिँड्ने २९ वर्षीय कृष्ण सिजाली मगर लगायत ७ जनालाई चक्कुसहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो।

आफ्नो ठेलामा रहेको बदाम र चकलेट उनीहरूले चोरी गरी लगेको भन्दै सामान फिर्ता माग्न जाँदा अजयलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका थिए।

घटनाको सूचना पाएपछि वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल पठाएकोमा उपचारका क्रममा मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: २०२२-१२-१७ , समय : १९:५९:०७ , १ वर्ष अगाडि

error: Content is protected !!