१४ बैशाख २०८१, शुक्रबार
2024-04-26

बलात्कार सामान्य हो,शरीरलाई कुनै हानी नोक्सानी गर्दैन भनेपछि सोविता गौतमको सर्वत्र बिरोध

Aarya News Desk

काठमाण्डौँ । बलात्कार सामान्य हो, यसले शरीरलाई कुनै हानी नोक्सानी हुँदैन भन्ने अभिव्यक्ति दिएपछि काठमाण्डौँ २ की सांसद सोविता गौतमको सर्वत्र बिरोध भईरहेको छ ।

गौतमले एउटा भिडियो अन्तवार्तामा बलात्कार सामान्य हो, यसले शरीरलाई कुनै हानी नोक्सानी गर्दैन, पुनस्थापना पनि सहज छ । भन्ने अभिव्यक्ति दिएकी छन् ।

यसप्रति सर्वत्र आलोचना आउने क्रम जारी छ । बलात्कारका नाममा डलर ल्याउने जस्ता बिषय पनि गौतमले उठाएकी छन् ।

उनको यो अभिव्यक्तिपछि राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य एवं महिला अधिकारकर्मी मोहना अन्सारीले भनेकी छन्, ‘बलात्कार सामान्य हो तर खुट्टा काटिनु ठूलै रहेछ । बलात्कृतको शरीर सद्दे हुन्छ र बलात्कार हुनु सामान्य हो भन्ने सासंद केही दिनमा संसद् प्रवेश गर्दै छिन्। सोच्नुस् कस्तो भविष्य हुने छ बालिकाको ? न्यायको माग गर्नु डलर ल्याउनु रहेछ !’

त्यसै गरी अमृता लम्सालले पनि भिडियो शेयर गर्दै भ्रम चिर्ने भिडिओ त यता पो भेटेँ। तपाईंको बुझाई देखेर निःशब्द भएँ।’भनेर लेखेकी छन् ।

यसै गरी आभाले सामाजिक सञ्जालमा बलात्कारलाई सामान्य भनेकामा एउटा आशा लाग्दो युवाको अपराधप्रति यस्तो दृष्टिकोण भन्दै आलोचना गरेकी छन् ।मिरमिरे

प्रकाशित मिति: २०२२-१२-१८ , समय : ०९:३६:५९ , १ वर्ष अगाडि

error: Content is protected !!