१३ बैशाख २०८१, बिहिबार
2024-04-25

विराटनगर महानगरपालिका बाट नगरपालिकामा रुपान्तरित हुने

मधु सुधन ज्ञवाली

विराटनगर। विराटनगर महानगरपालिकाले अघोषित रुपमा महानगरपालिका बाट नगरपालिका हुने तर्फ इस्तर उन्नति हुदै गएको छ ।

महानगरपालिका हुनको लागी विराटनगरको आन्तरिक आमदानी जति हुने हो सो नभइ कन नगरपालिका हुनको लागी चाहिने रकम राजश्व संकलन भएको हुँदा कुनै पनि बेला विराटनगर नगरपालिकाको रुपमा रुपान्तरित हुने देखिन्छ।

महानगरपालिकाले राजश्व सङ्कलनको लागी घर दैलो कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसबाट महानगरपालिकाले सोचेको जति राजश्व उठाउन सक्ने अवस्था देखिदैन।

महानगरपालिका कै केहि वडाहरुले दिन गरेको सिफारिस र सो बापत लिने गरको रकम राजश्वलाई राजेश्वमा आम्दानी नबादी कन खाजश्व तर्फ खर्च गर्ने गरेको कारणले महानगर पालिकाको राजश्व पनि कम उठेको छ। विराटनगर महानगरपालिकाको केही वडाका कार्यालय सहयोगीले वडा सचिव देखी त्यहाका कर्मचारीहरुलाई दैनिक मासु चुरा खुवाउने गरको र प्रतेक महिना खाममा हलेर रकम दिने समेत गरेको करणले गर्दा
उक्त रकम कहाँ बाट लियाएको हो त? यस तर्फ केहि वडाका वडा सचिव आस्चर्यमा परेका छन्।

महानगर पालिकाले घर घर गएर जनतालाई कर तिर दबाब दिएका छन् । यो दिनुको बदला सर्वप्रथम महानगरपालिका भित्रे सुधार गर्नु पर्ने देखिन्छ ।

प्रकाशित मिति: २०२२-१२-१८ , समय : १८:४४:४८ , १ वर्ष अगाडि

error: Content is protected !!