बि.स. : २०८१ कार्तिक ०५, मंगलबार
आमा धेरै दु:ख पाए पाथिभरा भक्ति LIVE

सुनसरीमा वडा अध्यक्ष पदका स्वतन्त्र उमेदवार रुखमा झुण्डिएको अवस्थामा फेला परे

आर्य न्युज 1055  पटक हेरिएको

विराटनगर २५ वैशाख। स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदका लागि टिकट नपाएपछि सुनसरीको रामधुनी नगरपालिका– ८ बाट वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका ६५ वर्षीय गणेश पौडेल आफ्नै घर पछाडिको रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

उनको शव शनिबार बिहान फेला परेको हो । रामधुनीको डुम्रास्थित पौडोल चोकमा परिवारसहित बस्दै आएका पौडेल कांग्रेसका क्रियाशील सदस्य हुँदा पनि ०७४ को चुनावा पनि टिकट नदिएको र यसपटक पनि नदिएपछि आफ्नो स्वतन्त्र प्यानलै बनाएर वडा ८ बाट वडाध्यक्षमा बागी उम्मेदवारी दर्ता गरेका थिए ।

कांग्रेसले वडाध्यक्षमा टिकट नदिएपछि स्वतन्त्रमा उठेका उनी चार दिनअघि मात्र घरबाट वेपत्ता भएका थिए । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘मोबाइल फोन घरैमा राखेर र मोटरसाइकल इनरुवामा छाडेर चार दिनअघि घरबाट उनी वेपत्ता भएपछि परिवारले दिएको उजुरीको आधारमा प्रहरीले व्यापक खोजी गरेको थियो । तर उनी त्यसको भोलिपल्ट सम्पर्कमा आएका थिए ।’

सम्पर्कमा आएका पौडेलले आफू साथीको घरमा बसेको बताएका थिए । उनको शवसँगै प्रहरीले सुसाइड नोट पनि बरामद गरेको प्रजिअ यादवले बताए । सुसाइड नोटमा पौडेलेले लेखेका छन्, ‘यो कार्य म आफैंले गरेको हो । कसैलाई दोष नदिनू । मलाई समवेदना र झण्डा ओढाउने कार्य नगर्नू । मलाई चिरफार नगर्नू । डीएसपी एन कार्की एकदमै राम्रो मान्छे यति बुझदिनू । पोष्टमार्टम नगरिदिनू । सबैले हेर्न पाउन् । बुवाआमालाई माया गर्नु सबैले । भतिजा भतिजीलाई हेर्नु । म आफ्नै कारणबाट आजदेखि बिदा हुँदैछु । घरपरिवारलाई ठीकसँग राख्नू । कसैले पिर नगर्नू । समय कम छ । यतिनै लेखे । अस्तु ।khabarbreak.com

प्रकाशित मिति: २०२२-०५-०८ , समय : ०८:१४:०० , २ वर्ष अगाडि

error: Content is protected !!