१३ बैशाख २०८१, बिहिबार
2024-04-25

बर्जु गाउँपालिकामा नि :शुल्क फिजियोथेरापी सेवा केन्द्र संचालन

राजीव कुशवाहा

देवानगंज । सुनसरीको बर्जु गाउँपालिकाले नि :शुल्क फिजियोथेरापी सेवा केन्द्र संचालनमा ल्याएको छ। बर्जु गाउँपालिका वडा नम्बर २ मा रहेको सितागंज स्वास्थ्य चौकीमा सोमबार उद्घाटन नि :शुल्क फिजियोथेरापी सेवा केन्द्र संचालनमा ल्याएको हो।

फिजियोथेरापी केन्द्र गाउँपालिका अध्यक्ष जीवछ रायले उद्घाटन गरेको हो । प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालय, बर्जु गाउँपालिका र करुणा फाउण्डेसन नेपालको त्रिपक्षिय सहयोगमा संचालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत, अपाङ्गता भएका व्यक्तिहरुका लागि स्थानीय स्तरबाटै नि :शुल्क फिजियोथेरापी सेवा केन्द्र सञ्चालनमा ल्याएको करुणा फाउण्डेसन नेपालको राजीव चौधरीले बताउनुभयो।

जन्मिने बितिकै अकालमा निसासिएर बच्चाको मृत्यु नहोस् भनेर बर्थिंङ् सेन्टर बाट गुणस्तरीय सेवा दिनको लागि सितागंज स्वास्थ चौकीलाई एक थान अक्सिजन कन्सेनटेटर , अपाङ्गता भएका सेवाग्राहीहरुको सहजताका लागि फिजियोथेरापी केन्द्रको लागि एक थान व्हिल चेयर करुणा फाउण्डेसन नेपालको तर्फ बाट हस्तान्तर गरेको राजीव चौधरीले बताउनुभयो ।

गाउँपालिकामा निशुल्क फिजियोथेरापी सेवा उपलब्ध हुदा दैनिक क्रियाकलापमा सहज हुने गाउँपालिका अध्यक्ष जीवछ रायले बताउनुभयो । यहाँका स्थानियहरुले बहिर जान नपरोस् भन्ने उदेश्यले निशुल्क फिजियोथेरापी सेवा सुरु भएको अध्यक्ष रायले बताउनुभयो ।

गुणस्तर सेवा र नियमित सेवा दिनलाई कर्मचारीहरुलाई निर्देशित गर्दै र फिजियोथेरापी सेवाको अधिकतम लाभ लिन सेवाग्राहीहरुलाई अध्यक्ष रायले आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा जिवक्ष् कुमार राय, वडा नं. २ का वडा अध्यक्ष महेन्द्र प्रसाद कामत, स्वास्थ्य संयोजक रामबाबु श्रेष्ठ, करुणा फाउण्डेसन नेपालका अनुगमन तथा मुल्यांकन अधिकृत मिनल अधिकारी, फिजियोथेरापिस्ट स्नेहा खड्का लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२२-१२-२० , समय : १२:१४:३८ , १ वर्ष अगाडि

error: Content is protected !!