११ बैशाख २०८१, मंगलबार
2024-04-23

बेरोजगार युवायुवतीको लागि रोजगार मेला भोलि देखि सुरु हुने

राजीव कुशवाहा

विराटनगर। सुनसरिको दुहबी नगरपालिकामा २ दिने बृति परामर्श, उद्यम तथा रोजगार मेला सुरु हुने भएको छ । दुहबी नगरपालिकाको आयोजनामा आगामी पौष ८ र ९ गतेका दिन सरस्वती मा बिको खेल मैदानमा सुरु हुने भएको हो।

बृति परामर्श, उद्यम तथा रोजगार मेलाको उध्घाटन प्रदेश १ का मुख्य मन्त्री राजेन्द्र राइले गर्ने भएका छन्। प्राबिधिक सहयोग हेल्भेटास र सहयोगि सस्था स्विस कन्टाक्ट रहेको उक्त रोजगार मेला शुक्रबार बिहान ९ बजे देखि सुरुहुने पत्रकार सम्मेलन मार्फत दुहबी नगर प्रमुख बेद नारयण गच्छादारले बताउनुभयो।

नेपाल कै पहिलो रोजगारमेला २०७५ मा दुहबी नगरपालिका ले शुरु गरेको र उक्त समय पनि अन द स्पोट दुहबी नगरपालिका का ३ सय बेरोजगार युवायुवतीले रोजगार पाएको र क्रमश उक्त मेलामा उपस्थित भएर फार्म भरेका मध्य १७ सय जनाले जागिर पाएको स्मरण गराउदै यस पटक पनी स्थानिय युवा प्रवर्धन, रोजगार, सीप र क्षेमताको अभिबृद्दि, दक्षजनशक्ति उत्पादन स्थानिय उत्पदनको प्रवर्धन, लघु उद्दमि लाइ आत्मनिर्भर र ब्यावसायिक बनाउन यो मेलाको आयोजना गरिएको नगर प्रमुख गच्छादारले बताउनुभयो।

करिब ५ हजार स्थानिय सहभागिता गराउने र बेरोजगार युवायुवती हरुलाइ रोजगार संसार एप्लिकेशन संग जोडेर अन द स्पोट नोकरि दिलौने उदेश्य सहित समुन्न दुहबी अभियान लिएर यो रोज्गार मेला आयोजना गरेको गच्छादारले बताउनुभयो । अन्य रमाइलो मेला जस्तो यो मेला होइन , मेरो उदेश्य समृद्द दुहबी र स्वास्थ्य नगरको कमसेकम एक इट्टा भए पनि बेरिज्गर युवायुवतीलाई रोजगार बनाउन पहल गरेको छु , कृषि र लघु उद्यम मार्फत तालिम दिएर रु १ लाख सम्म बिउ पुजि दिएको छु, ।

जमानि बसेर रिण दिलाएको किनकि मलाई चिन्ता छ नगरबासिको त्यसैले यो माहा अभियानमा सबै रोजगार प्रदायिक संघ, तालिम प्रदायिक संस्था, र बेरोजगार स्थानिय युवायुवती हरुलाइ मेला भ्रमण गरि भरपुर सेवा लिन आग्रह गर्दछु, उनले भने बेरोजगार समस्या राज्यको ठुलो समस्या हो, तरपनि स्थानिय सरकारको हैसियतले मैले सकेको अभियान गरेको हुँ, निरन्तर गर्ने बिस्वास दिलौन चहान्छु ।

प्राबिधिक शिक्षालय रोजगार र उद्यमि बनाउने मुल श्रोत भएको बताउदै उनले दुहबी नगरपालीकाले केहि बर्षभित्र एग्रो मेकानिक्स, एग्रो इन्जिनियरिङ, एग्रो प्रोसेसिङ्ग र औद्योगिक प्रसिक्षार्थि उत्पादन गरि राम्रो तलब सुबिधामा काम गर्न सक्ने वा आफै उद्यमी बन्ने बाटोमा प्रबेश गराउन आफु लागि परेको उहाँले बताउनुभयो ।

रोजगार मेलामा ५५ वटा स्टल रहने उक्त सल , हरु मा स्थानिय कला सस्कृति झल्काउने नाचगान, खाद्यन्ह, बिभिन्न परिकार, नगरपालीकाले गरेका सामुहिक तथा पेशागत सिप प्रवर्धन, लघु उध्यमि हरुको उत्पदन र बजारिकरण, तालिम प्रदायिक सस्थाको स्टल, रोजगार दाताको स्टल, लगयत धेरै ग्यान त्था सिपमुलक स्टल रहने नगर प्रमुख गच्छादारले बताउनुभयो ।

प्रकाशित मिति: २०२२-१२-२२ , समय : २२:२८:२३ , १ वर्ष अगाडि

error: Content is protected !!