१४ बैशाख २०८१, शुक्रबार
2024-04-26

कोशी अस्पतालका अधिकांस चिकित्सक निजी अस्पताल र निजी किल्निकमा समय बिताउदा:बिरामीलाई सास्ती

मधु सुधन ज्ञवाली

विराटनगर। कोशी अस्पताल विराटनगरमा कार्यरत चिकित्सक मध्ये अधिकांस चिकित्सकले निजी अस्पातल र निजी किल्निकमा बसेर काम गर्ने गरेका छन्।

अस्पातलमा कार्यरत प्रसुति वाड प्रमुख डा.अन्जु देवले ग्रीनक्रस अस्पताल लगायत अन्य निजी अस्पाताल र निजी किल्निकमा अधिकांस समय बिताउने गरको कारण अस्पातालको प्रसुति वाडको स्थिति दैनिया बन्दै गएको छ।

अस्पातालको लागि बिशेष गरि प्रसुति वाड महत्वपुर्ण रुपमा मानिन्छ। प्रसुति गराउन आउने गर्वती महिलाहरुलाई सेवा दिनु पर्नेमा अस्पातल बाट प्रयाप्त मात्रामा सेवा नदिईकन निजी अस्पातल तर्फ बिरामीलाई लानु पर्ने अवस्थाको सिर्जना हुनेगरेको बताइन्छ ।

अस्पातलमा प्रसुति गराउन आउने गर्वती महिलाहरुलाई बिदाको समयमा सेवा दिनु पर्नेमा सेवा नदिनु अहिले बिदा छ चिकित्सकहरु आउनु हुन्न बहिरा लानु भनेर पठाउने गरको पाइएको छ।

अस्पातलमा प्रस्ती गराउन लादा अहिले दुइ दिनको बिदा छ यहाँ हुदैन बाहिर लानु भनेर बिरामीलाई उपचार नगरको कुरा सुनसरी जिल्ला बर्जु गाउँ पालिका वाडा नम्बर ५ निवासी श्यामानन्दन यादवले बतानुभयो ।

अस्पातल बाट आफुले बिरामीलाई डा. अन्जु देव कार्यरत निजी अस्पातलमा लागेको कुरा बताउनु हुदै अस्पातलमा बिदाको समयमा उपचार हुन न सक्ने तर कोशी अस्पतालको चिकित्सक द्वारा निजी अस्पातलमा उपचार हुन सक्ने ? यस तरफ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ।

यहाँ डा.अन्जु देव एउटा उदाहर्णको पत्र मात्र हुनुहुन्छ। अन्य पनि चिकित्सकहरुले पनी निजी अस्पाताल र निजी किल्निकमा समय दिईरहनु भएको हुँदा यस तर्फ सम्बद्धित निकायको ध्यान जानु जरुरी छ।

प्रकाशित मिति: २०२२-१२-२३ , समय : ११:५४:४० , १ वर्ष अगाडि

error: Content is protected !!