१३ बैशाख २०८१, बिहिबार
2024-04-25

छिमेकी देश भारतमा कोरोना महामारीको चिन्ता बढे

Aarya News Desk

नयाँ दिल्ली। नेपालको छिमेकी देश भारतमा कोरोना महामारीको चिन्ता बढेको छ । केही देशमा कोभिड–१९ सङ्क्रमण बढेसँगै छिमेकी देश भारतमा चिन्ता बढेको हो।

चीनमा कोभिड-१९ को सबभेरियन्ट बीएफ ७ संक्रमितको संख्यामा तीव्र वृद्धि भएको छ। भारतमा पनि यो सबभेरियन्टका चारवटा केस फेला परेका छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मण्डाविया र प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा कोरोनाको अवस्था र तयारीको बारेमा जानकारी लिन उच्चस्तरीय बैठक गरेका छन्। यसैबीच धेरै राज्यले यस सम्बन्धमा आपतकालीन बैठक बोलाएर तयारीका लागि सक्रिय भएका छन् ।

भारत सरकारको वेबसाइट ‘माई गभर्नमेन्ट’का अनुसार बिहीबार भारतमा १ सय ८५ जनामा ​​कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै भारतमा कोरोना भाइरसका कुल ३४०२ सक्रिय संक्रमित भएका छन्।

कोरोनाका कारण बिहीबार एक जनाको मृत्यु भएको छ । साथै १९० जना निको भएर डिस्चार्ज भएका छन् । बिहीबार एकै दिन करिब एक लाख २५ हजार परीक्षण गरिएको थियो।

प्रकाशित मिति: २०२२-१२-२३ , समय : १२:३०:२५ , १ वर्ष अगाडि

error: Content is protected !!