१३ बैशाख २०८१, बिहिबार
2024-04-25

चट्याङ लागेर ४२ जनाको मृत्यु

Aarya News Desk

मलावी। चालू वर्षाको मौसममा चट्याङ लागेर संरचना भत्किँदा मलावीमा ४२ जनाको मृत्यु भएको छ । शुक्रबार सार्वजनिक गरिएको विवरण अनुसार यस साता मात्र चट्याङ लागेर २८ जनाको ज्यान गएको छ । यो सँगै चट्याङ्बाट मृत्यु हुनेको कुल सङ्ख्या ४२ पुगेको छ ।

त्यसैगरी आँधीबेहरी तीव्र हावाका कारण पर्खाल भत्किँदा १४ जनाको मृत्यु भएको विपद् व्यवस्थापन मामिला विभागका आयुक्त चार्ल्स कालेले बताएका छन् । हालसम्म ८५ जना घाइते भएका छन् भने केही सडक, विद्यालय र अस्पतालमा पनि क्षति पुगेको बताइएको छ ।

देशका २९ जिल्लामध्ये २४ जिल्लामा अविरल वर्षा, बाढी, हावाहुरी, असिना र चट्याङका कारण करिब ४२ हजार जनता प्रभावित भएको आयुक्तले बताए । मलावीको वर्षा मौसम सामान्यतया अक्टोबरमा सुरु भइ अप्रिलसम्म रहन्छ।

बुधबार मौसम परिवर्तन र मेट्रोलोजिकल सेवा विभागले दक्षिणी मलावीमा आउँदा दिनहरूमा बाढी आउन सक्ने ठूलो भारी वर्षाको चेतावनी जारी गरेको छ।

प्रकाशित मिति: २०२२-१२-२४ , समय : ०९:२३:२१ , १ वर्ष अगाडि

error: Content is protected !!