१५ बैशाख २०८१, शनिबार
2024-04-27

नेपाली कांग्रेसका कार्यकर्ताले मत कम आएको भन्दै होहल्लासहित नारबाजी गरे

आर्य न्युज

मोरङको रंगेली नगरपालिकामा एमालेका उम्मेदवार दिलिप बगडीयाले मतान्तर फराकिलो बनाउँदै लगेपछि नेपाली कांग्रेसका कार्यकर्ताहरुले होहल्ला गरेका छन् ।
एमालेविरुद्ध पाँचदलिय सत्ता गठबन्धनले चुनावी तालमेल गरेपनि आफ्ना उम्मेदवारको मत कम आएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताहरुले होहल्लासहित नारबाजी गरेका हुन् ।
होहल्ला हुन थालेपछि मतगणनास्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । स्थानीयका अनुसार मतपेटीका खुल्ला रहेको भन्दै होहल्ला भएको जनाएको छ । अहिले मतगणनास्तलमा कसैलाई प्रवेश गर्न दिइएको छैन ।
मुख्य निर्वाचन अधिकृत रामहरी शर्माले होहल्ला भइरहेकाले मतगणना स्थगित होइन रोकिएको बताउनुभयो ।
हालसम्मको मतगणनामा एमालेबाट मेयरका उम्मेदवार दिलिप बगडियाले अग्रता ल्याउनुभएको छ । ३१३२ मत गणना हुँदा बगडीयाले १६३१ मत प्राप्त गर्नुभएको छ ।
उहाका निकटतम् प्रतिद्वन्दी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका मोदराज धिमिरेले १०६७ मत ल्याउनुभएको छ । उपमेयरमा पनि एमालेकै भूमा पराजुली झण्डै चार गुण मतान्तरले अगाडी हुनुहुन्छ । उहाका निकटतम प्रतिद्वन्धी गठबन्धनका उम्मेदवार जसपाका पन्नालाल मण्डलले ४२२ मत मात्र प्राप्त गरेको जनाइएको छ ।

प्रकाशित मिति: २०२२-०५-१५ , समय : ०१:१२:५७ , २ वर्ष अगाडि

error: Content is protected !!