१३ बैशाख २०८१, बिहिबार
2024-04-25

आजको वैदिक ज्योतिष शास्त्र ,पञ्चाङ्ग र राशिफल :- बि.स.२०७९ पुष ११ गते सोमबार

Aarya News Desk

देवानगंज। वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ । ग्रह-नक्षत्र चालबाट राशिफलको आँकलन गरिन्छ । पौष ११ गते सोमबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ । सोमबार भगवान गणेश शिवको नाममा समर्पित हुने गर्दछ । सोमबार भगवान शिव गणेशको विधि- विधानपूर्वक पूजा-अर्चना गरे हरेक मनोकामना पूरा हुने साथै शुभ फल प्राप्त हुने मान्यता रहेको छ । पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल:

पौष ११ गतेको पञ्चाङ्ग र राशिफल :- || दिन सोमबार ।।। नक्षत्र – श्रवण, २१:५९ बजे उप्रान्त धनिष्ठा ।।। तिथि – तृतीया ९:२४ बजे उप्रान्त चतुर्थी । कारण- गर ९:२४ बजेदेखि वणिज, २०:१३ बजे उप्रान्त कौलव ।।। योग – हर्षण, २६:३९ बजे उप्रान्त वज्र ।। पौष ११, २०७९, सोमबार ।। । डिसेम्बर २६, सन् २०२२ ।। तृतीया, पौषशुक्लपक्ष ।।। पोहेलाथ्व, ११४३ ने.सं. ।।। सूर्योदय – ०६: ५४ ।।। सूर्यास्त – १७:१४ ।।। कुनै पनि शुभ साइत तथा मुहूर्त छैन-

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ :-
घरपरिवारमा धार्मिक कार्य गर्न सकिनेछ । लाभको अवसर मिल्नेछ। पारिवारिक जीवन सुखमय रहनेछ । कार्यक्षेत्रमा परिवर्तनसँगै कार्यक्षेत्रमा वृद्धि हुन सक्छ । व्यापारको अवस्था सन्तोषजनक रहनेछ। धैर्यताको कमी हुनेछ ।स्वास्थ्यप्रति सचेत रहनुहोला । साथीभाइको सहयोग मिल्नेछ । शैक्षिक कार्यमा सफलता मिल्ने सम्भावना छ ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो :-
कार्यस्थलमा कठिनाइको सामना गर्न पर्नेछ । आत्मविश्वासमा बृद्धि हुनेछ । आमाको स्वास्थ्यमा सुधार आउनेछ । कामका लागि यात्रा गर्नुपर्ने हुनसक्छ । थप दौडधुप हुनेछ । आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस् । मनमा शान्ति र आनन्दको अनुभूति हुनेछ । दाम्पत्य जीवनमा सुख शान्तिरहनेछ । धन आर्जनको अवस्था रहनेछ । दाजुभाइको सहयोग मिल्नेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह:-
आत्मविश्वासमा बृद्धि हुनेछ । अति उत्साही हुनबाट बच्नुहोस् । मिष्ठान्न खानेकुरामा रुचि बढ्नेछ, तर स्वास्थ्यमा सजग रहनुहोस् । बोलीको प्रभाव बढ्नेछ । व्यापार व्यवसायबाट धन प्राप्ति हुनेछ । साथीभाइको सहयोग मिल्नेछ । सन्तानको स्वास्थ्यको ख्याल गर्नुहोला । शैक्षिक कार्यमा अवरोध आउन सक्छ। आशा र निराशाको मिश्रित अनुभूति हुनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो:-
अव्यवस्थित खर्च बढ्नेछ । मन प्रसन्न रहनेछ । आत्मविश्वासमा बृद्धि हुनेछ । पारिवारिक जीवन सुखमय रहनेछ । लेखन तथा बौद्धिक कार्यमा संलग्नता बढ्नेछ । आम्दानीको साधन बन्नेछ । धार्मिक संगीतमा रुचि बढ्नेछ । साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ ।व्यापार परिवर्तनको सम्भावना छ । परिवारको सहयोग मिल्नेछ

सिंह राशि- मा, मि, मु, मे, मो, टा, टि, टु, टे:-
कार्यस्थलमा थप मिहिनेत हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । अनावश्यक क्रोध र विवादको स्थिति सिर्जना हुन सक्छ । सन्तानबाट शुभ समाचार सुन्न पाइनेछ । शैक्षिक कार्यमा सुधार आउनेछ । खर्च बढ्नेछ । साथीभाइको सहयोग मिल्नेछ । आत्मविश्वासले भरिपूर्ण रहनेछ ।बोलीमा नम्रता रहनेछ । परिवारका साथ धार्मिक स्थलको यात्रामा जान सकिनेछ । आमाको स्वास्थ्यमा समस्या आउन सक्छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो:-
मन अशान्त रहनेछ। परिवारमा धार्मिक कार्य हुनेछ । आम्दानीको स्थितिमा सुधार आउनेछ। व्यापारमा परिवर्तन आउन सक्छ । थप दौडधुप हुनेछ । साथीभाइको सहयोग मिल्नेछ । आफ्ना भावनाहरूलाई नियन्त्रणमा राख्नुहोस् ।लेखन तथा बौद्धिक कार्यमा व्यस्तता रहनेछ । परिवारमा मनमुटावको वातावरण बन्न सक्छ । मान सम्मानमा बृद्धि हुनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते:-

दाम्पत्य सुखमा वृद्धि हुनेछ । स्वास्थ्यप्रति सचेत रहनुहोला स्वास्थ्य समस्याले सताउन सक्छ । आत्मविश्वास भरिपूर्ण रहनेछ । जागिरमा पदोन्नति मिल्न सक्छ । सत्तारुढ प्रशासनबाट सहयोग मिल्नेछ । सम्मान मिल्नेछ । शैक्षिक कार्यको लागि यात्रामा जान सकिनेछ । जीवन कष्टदायी हनकार्यको लागि यात्रामा जान सकिनेछ । जीवन कष्टदायी हुन सक्छ । परिवारको सहयोग मिल्नेछ । काममा कुनै अतिरिक्त जिम्मेवारी पाउन सकिन्छ ।

वृश्चिक राशि- तो, ना, नि, नु, ने, नो, या, यि, यु:-
काम परिवर्तनको सम्भावना छ । आम्दानी बढ्नेछ । शैक्षिक कार्यबाट सुखद नतिजा मिल्नेछ । मनमा नकारात्मकताको प्रभावबाट बच्नुहोस्। सन्तानबाट शुभ समाचार सुन्न पाइनेछ । कुनै पनि सम्पत्तिबाट धन आर्जन गर्न सकिनेछ ।परिवारको परिस्थितिलाई ध्यानमा राख्नुहोस् । कला संगीतमा रुचि बढ्न सक्छ। मान सम्मान बढ्नेछ । कार्यस्थलमा थप मिहिनेत हुनेछ ।

धनु राशि ये, यो, भ, भि, भु, ध, फा, ढ, भे :-
जागिरमा स्थान परिवर्तनको सम्भावना छ । आत्मविश्वासको कमी रहनेछ । शान्त होउ आफ्ना भावनाहरूलाई नियन्त्रणमा राख्नुहोस् । व्यापारमा ध्यान दिनुहोस् । कठिनाइ आउन सक्छ । जीवन कष्टदायी हुन सक्छ। पढाइमा रुचिबढ्नेछ । शैक्षिक कार्यबाट सुखद नतिजा मिल्नेछ । सवारी साधनको आनन्द बढ्नेछ। मिहिनेत बढी हुनेछ।

मकर राशि- भो, ज, जि, खि, खु, खे, खो, गा, गि:-

आफ्ना भावनाहरूलाई नियन्त्रणमा राख्नुहोस् । परिवारको सहयोग मिल्नेछ । बोलीमा नम्रता रहनेछ । नकारात्मक विचारको प्रभावबाट टाढा रहनुहोस् । व्यापारमा वृद्धि हुनेछ | लाभको अवसर मिल्नेछ । पारिवारिक जीवन सुखमय रहनेछ । कार्यस्थलमा समस्याहरू अझै रहनेछन्।साथीभाइको सहयोगले आम्दानीको माध्यम बन्न सक्छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द:-
आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस्। काममा उच्च अधिकारीसँग मतभेद हुन सक्छ । मन प्रसन्न रहनेछ । व्यापारमा सुधार आउनेछ । पिताबाट पनि धन प्राप्ति हुनसक्छ । शैक्षिक कार्यमा सफलता मिल्नेछ । आफ्ना भावनाहरूलाई नियन्त्रणमा राख्नुहोस् । कार्यस्थलमा कडा परिश्रम बढ्नेछ । परिवारको सहयोग मिल्नेछ साथीभाइको परिश्रम बढ्नेछ । परिवारको सहयोग मिल्नेछ साथीभाइको सहयोगमा आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछ ।

मीन राशि दि, दु, थ, झ, ञ, दे, दो, च, चि :-
अभिभावकबाट आर्थिक सहयोग मिल्नेछ । मानसिक शान्ति कायम राख्ने प्रयास गर्नुहोस् । व्यापार व्यवसायमा सुधार आउनेछ । यात्रा लाभदायक हुनेछ । आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। शैक्षिक कार्यबाट सुखद नतिजा मिल्नेछ । घरपरिवारमा धार्मिक कार्य गर्न सकिनेछ साथीभाइको सहयोग मिल्नेछ जीवनसाथीको नतिजा मिल्नेछ । घरपरिवारमा धार्मिक कार्य गर्न सकिनेछ । साथीभाइको सहयोग मिल्नेछ । जीवनसाथीको स्वास्थ्यको ख्याल गर्नुहोला ।

प्रकाशित मिति: २०२२-१२-२५ , समय : २०:४२:२७ , १ वर्ष अगाडि

error: Content is protected !!