१४ बैशाख २०८१, शुक्रबार
2024-04-26

चरम आर्थिक संकट प्रदेश १ को राजधानी

मधु सुधन ज्ञवाली

विराटनगर। प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकाले अहिले चरम आर्थिक संकटमा पुगेको छ । महानगरपालिकाको मेयर नागेश कोइरालाले अस्थाइ र करार कर्मचारीहरुलाइ पुनर्बहाली गारे पछि तीनिहरुलाई तलब खुवाउने असहमत भएको भन्दै केही कर्मचारीहरुलाई अबकास दिएका छन ।

महानगरपालिकामा करुणा फाउन्डेसन प्रयोजना अन्तरगत कार्यरत आधा दर्जन कर्मचारीलाई उनिहरुको काम सन्तोस जनक नभएको भन्दै अबकास दीई सकेका छन् ।

करुणा फाउन्डेसनले महिला बालबालिका शिक्षा र स्वास्थ्य सम्बन्धमा महानगरपालिका संग हातेमाले गर्दै सहकार्य गर्दै आएको थियो ।
यसेगरी सिमवर्ती क्षेत्र विराटनगर रानी यो जोगबनी विराटनगर बोडर क्षेत्रमा कार्यरत ९ जना स्वास्थ्यकर्मीलाई समेत काम बाट बिदा दिएको छ ।

त्यहाँ ९ जना कर्मचारी कार्यरत रहेकोमा ति कर्मचारी मध्ये ५ जनालाई तलब खुवाउन नसक्ने भन्दै रकम बिनियोजन गर्ने काम महानगर पालिकाले गरको थिएन। ५ जना कर्मचारीलाई मात्रै बिदा गर्द थाप समस्या आउने भएको कारणले गर्दा त्यहाँ कार्यरत ९ जनालाई नै नोकरी बाट बिदा गरिएको छ ।

यसरी बिदा गरिए पनि स्वास्थ्य क्षेत्रमा कार्यरत केहि स्वास्थ्यकर्मी लाई त्यहा पठाएर काममा लगाएको कुरा महानगरका सूत्रले बताएको छ।

महानगरपालिकाले एकै चोटी ३ सय कर्मचारीहरुलाइ बिदा गर्दा भित्री रुपमा बिद्रोह हुने भएको कारणले गर्दा क्रमश कर्मचारीहरुहारुलाई अबकास दिन रणनीति अबोलगन गरिएको छ ।

प्रकाशित मिति: २०२२-१२-२६ , समय : १२:३३:५९ , १ वर्ष अगाडि

error: Content is protected !!