०४ जेठ २०८१, शुक्रबार
2024-05-17

प्रदेश नम्बर १ प्रदेशसभाको प्रथम अधिवेशन पौष १७ गते बस्ने

Aarya News Desk

विराटनगर। प्रदेश नम्बर १ प्रदेशसभाको प्रथम अधिवेशन आउँदो पौष १७ गते बस्ने भएको छ। मन्त्रिपरिषदको सोमबार बसेको बैठकको निर्णयबमोजिम आउँदो आइतबार प्रदेश सभाको पहिलो बैठक बस्ने भएको हो।

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम पौष १७ अपरान्ह १ बजेका लागि प्रदेशसभा बैठक बोलाउने निर्णय गरेको छ। बैठकले अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले बताए।

बैठकमा प्रदेशसभा बैठक बोलाउने बाहेकका अन्य कार्यसूची नभएकाले अन्य कुनै निर्णय नभएको जनाइएको छ।

प्रकाशित मिति: २०२२-१२-२६ , समय : १९:०८:४१ , १ वर्ष अगाडि

error: Content is protected !!